अर्थ

‘अर्डर अफ राइजिङ सन्’बाट अमिरा विभूषित

नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार अमिरा दलीलाई जापान सरकारको विभूषण हस्तान्तरण गरेका छन्। विदेशी नागरिकलाई जापानले प्रदान गर्ने ‘अर्डर अफ जापान, अर्डर अफ राइजिङ सन्’बाट दली विभूषित भएकी हुन्।

नेपाल एओटिस अलमुनाइ सोसाइटीकी पूर्व अध्यक्ष दलीलाई दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा योगदान गरेबापत यो सम्मान दिइएको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ।

लभ ग्रिन नेपाल नामक गैरसरकारी संस्थाकी संस्थापक सदस्यसमेत रहेकी दलीले दुई देशका नागरिकबीचको सम्बन्ध बढाउन विभिन्न कार्य गरेको दूतावासले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८० ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App