अर्थ

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबी रिक्वेस्ट रेमिट’ योजना

राष्ट्रिय वाणिज्य बैंकले ‘आरबिबी रिक्वेस्ट रेमिट’ योजना ल्याएको छ। बैंकको आफ्नो वेवसाइट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबिबी रिक्वेस्ट रेमिट’ बाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फलगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने छ। बैंकले आफ्ना ४० लाखभन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ मार्फत नयाँ सुविधा दिँदै आइरहेको जनाएको छ। यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको ‘आरबिबी रिक्वेस्ट रेमिट’ पोेर्टलको ‘सेन्ड रेमिट’ मार्फत रकम पठाउन सक्नेछन्।  

साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन्। यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने र रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुने बैंकले जनाएको छ। बैंकका अनुसार यसैसँग ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन्।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा उक्त सुविधाको आएकोे हो ।

प्रकाशित: २३ श्रावण २०८० ०४:३० मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबी रिक्वेस्ट रेमिट’ योजना