अर्थ

कतार एयरवेजको 'फेयर डिस्काउन्ट' योजना

काठमाडौं- कतार एयरवेजले 'विश्वकै सर्वोत्कृष्ट एयरलाइन्स' घोषित भएको खुसीयाली मनाउन ४० प्रतिशतसम्मको फेयर डिस्काउन्ट योजना सार्वजनिक गरेको छ।

एयरवेजले हालै स्काइ ट्र्याक्समार्फत प्रदान गरिएको 'वर्ल्ड्स बेस्ट एयरलाइन्स' उपाधि हात पारेको जनाएको छ। यात्रुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गरेबापत प्राप्त उक्त सफलताको खुसीयाली आफ्ना उपभोक्तासँग साट्न छुट योजना ल्याएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

आफ्नो वैश्विक सञ्जालमा छरिएर रहेका उत्कृष्ट छुट्टी गन्तव्यको यात्रा गर्दा ४० प्रतिशतसम्मको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ। यसै साता सञ्चालनमा ल्याएको कम्पनीको वैश्विक बिक्री अभियान 'फ्लाइ विथ दि वर्ल्डस् बेस्ट एयरलाइन्स'कै हिस्साको रुपमा छुट योजना लागू गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २७ असार २०७४ ०७:४६ मंगलबार