अर्थ

एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड वितरण

एनआइसी एसिया क्यापिटलले ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’का एकाइ धनीहरूलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। क्यापिटल सञ्चालक समितिको १ सय २९ औं बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एनआइसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजना ल्याएको हो।

क्यापिटलले उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीहरूलाई वितरण गर्ने गरी एकाइ धनीदर्ता किताब बन्द गरेको जनाएको छ।

यस्तै ‘एनआइसी एसिया डाइनामिक डेप्ट फण्ड’बाट वितरण गरिने प्रतिफललाई पुनःलगानी गर्न मिल्ने गरी ‘डेभिडेन्ट रि-इन्भेष्टमेन्ट प्लान’ सञ्चालन गरिरहेको समेत जनाएको छ। ‘डेभिडेन्ट रि-इन्भेष्टमेन्ट प्लान’ मा सहभागी हुन यही साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ।

प्रकाशित: २१ श्रावण २०८० ०३:०४ आइतबार

एनआइसी एसिया क्यापिटल एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड