अर्थ

सानिमाले ल्यायो फुडमाण्डुसँग क्यासब्याक अफर

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट, क्रेडिट कार्ड र सानिमा मोबाइल बैकिङ एप प्रयोगकर्ताहरूले योजना अवधिभर प्रतयेक शनिबार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्नेछन्।

सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ सय रूपैयाँसम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म र सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्मको क्यास ब्याक पाउनेछन्। ग्राहकले भुक्तानी भएको हप्ता दिन भित्र क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: २१ श्रावण २०८० ०२:५९ आइतबार

सानिमा बैंक डिजिटल भुक्तानीको प्रोत्साहन