अर्थ

अक्षय कोषका लागि १५ लाख प्रदान

आफ्ना स्वर्गीय पति र ससुराको स्मरणमा मीरा उपाध्यायले अक्षय कोष स्थापना गर्न १५ लाख रूपैयाँ प्रदान गरेकी छिन्। काठमाडौंकी उपाध्यायले ‘डा.देवीप्रसाद उपाध्याय- डा.दामोदरप्रसाद अक्षय कोष’ स्थापनाका लागि नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिलविक्रम कार्कीलाई रकम प्रदान गरेकी हुन्। ८६ वर्षीया मीराका पति दामोदर वीर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट थिए।

देशको उत्तरी भूभागका जिल्लामा बसोबास गर्ने विपन्न वर्गका विद्यार्थीलाई मुलुक भित्रै एमबीबीएस तहको अध्ययन गर्न सघाउन छात्रवृत्ति दिने योजना अनुसार अक्षय कोष स्थापना गरिएको हो। कोष स्थापना सम्बन्धी समझदारीपत्रमा मीरा र एसोसिएसनका अध्यक्ष डा. कार्कीले हस्ताक्षर गरे।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा मन्तव्य राख्दै एसोसिएसनका अध्यक्ष डा. कार्कीले मीरा उपाध्यायबाट प्राप्त रकमको प्रयोग गर्दा प्रस्तावित अक्षयकोष सम्बन्धी समझदारीपत्रमा उल्लिखित बुँदाहरूलाई सहर्ष पालना गरिने कुरामा विश्वस्त हुन आग्रह गरे। साथै एसोसिएसनले नेपालमा एलोप्याथिक चिकित्सा पद्धतिको विकासलाई झल्काउने सङ्ग्रहालय स्थापना गर्न लागेको जानकारी समेत दिए।

प्रकाशित: २१ श्रावण २०८० ०२:३३ आइतबार

समझदारीपत्र हस्ताक्षर कार्यक्रम अक्षय कोषका लागि १५ लाख प्रदान