अर्थ

हिमालय सहकारी सम्मानित

राष्ट्रिय सहकारी बैंकले २१ औं स्थापना दिवसको अवसरमा काठमाडौंको बानेश्वरमा रहेको हिमालय सहकारीलाई सम्मान गरेको छ।

सहकारी बैंकले आफ्ना सदस्य सहकारी मध्येबाट उत्कृष्ट कारोबार विधामा हिमालयलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो। राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेलले हिमालय सहकारीका अध्यक्ष दयानाथ शर्मालाई प्रशंसा पत्र प्रदान गरेका थिए।

प्रकाशित: २१ श्रावण २०८० ०२:११ आइतबार

राष्ट्रिय सहकारी बैंक २१ औं स्थापना दिवस