अर्थ

सामसुङ टिभी खरिद गर्दा तीन वर्षको वारेन्टी

सामसुङले आफ्ना ग्राहकका लागि यो वर्ष सामसुङ टिभीहरूमा तीन वर्षसम्मको पूर्ण वारेन्टी अफर ल्याएको छ। उक्त वारेन्टी अफर प्राप्त गर्न ग्राहकले यस वर्षको अन्त्य अघि सामसुङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी-सिरिज टिभी सेटहरूमा लागु हुने कम्पनीले जनाएको छ।

सामसुङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले यस अफरमार्फत ग्राहकलाई कम्पनीले पूर्ण सन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गरेको बताएका छन्। उनले ग्राहकलाई यस सुविधाले चिन्तामुक्त हुन आश्वासन प्रदान गर्ने र अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्ने जनाएका छन्।

अफर क्युएलइडी, फ्रेम, युएचडी, एफएचडी टिभी जस्ता सामसङ टिभीको रेन्जहरूमा लागु हुने वारेन्टी अफर आगामी अगष्ट १ देखि डिसेम्बर ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८० ०३:०१ बुधबार

सामसुङ टिभी तीन वर्षको वारेन्टी