अर्थ

राज्यको नीति स्थिर भएमात्रै मुलुकभित्र उत्पादन वृद्धि हुनसक्छः पूर्वअध्यक्ष राणा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले राज्यको नीति स्थिर भएमात्रै मुलुकभित्र  उत्पादन वृद्धि हुने बताएकी छिन्।

सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष राणाले यस्तो बताएकी हुन्।

उनले निजी क्षेत्रले उत्पादन बढाउनको लागि सरकारको नीति स्थिर हुनुपर्ने बताइन्। राज्यको नीति स्थिर नभएसम्म वस्तुहरुको उत्पादकत्व बढ्न नसक्ने उनले उल्लेख गरिन्।

पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले उद्योग सञ्चालनमा समेत नीतिगत समस्याको कारण धेरै अफ्ठ्याराहरु भोग्नुपरेको बताउनु भयो। उनले सरकारले कस्ट अप डुइङ विजनेश कम गरी ढुवानी लागत घटाउने र टेक्नोलोजीको विकासमा जोड दिए साना तथा मझौला उद्योगको उत्पादन सय गुणा वृद्धि हुनसक्ने सम्भावना रहेको उल्लेख गरिन्। राणाले सरकारले काठमाडौंमा निर्यात हाँसिल स्थापना गरे व्यवसायीहरुमा उर्जा थपिने बताइन्।

उनले भनिन्,‘ निजी क्षेत्रले उत्पादन बढाउनको लागि सरकारको नीति नै स्थिर छैन। राज्यको नीति स्थिर नभएसम्म उत्पादकत्व बढ्दैन। उद्योगी व्यवसायीहरुले भोगेका छौं। नीति स्थिर छैन। धेरै अफ्ठ्याराहरु छन्। कष्ट अप डुइङ बिजनेस हाई छ। नेपालमा ट्रान्सपोटेसनदेखि क्वालिटी भौतिक संरचना छैन । टेक्नोलोजीको बिस्तारमा समस्या छ। अल्लोको काम गर्ने महिलाहरु छन्। उनीहरुले हातले अल्लोको काम गरिरहेका छन्। त्यसमा प्रविधि पु¥याउनसके सय गुणा दोब्बर हामीले अल्लो निकाल्न सक्छौं। थाइल्याण्डका साना तथा मझौला उद्यमीले बनाएका उत्पादनलाई स्वकेस गरेर हेरक पर्यटकहरु जाँदा त्यहाँका साना किन्ने गर्छन्। नेपालमा पनि निर्यात हाउस काठमाडौंमा बनाउन सके व्यवसायीहरुलाई उर्जा दिन्छ। निजी क्षेत्र सधैँ तयार छ। दृढ इच्छाशक्तिका साथ अगाडि बढ्न सक्यो भने नेपालको व्यापार घाटामा अलैंची, अदुवा, धनियाँ र बेसार, अगरबत्ति÷धुप, नेपाली हाते कागज, फेल्ट, अल्लो, जडीबुटी, यार्न÷धागो (टेक्सटाइल तथा तयारी पोशाक), वनस्पति रेशाबाट बनेका वस्तुहरू (वास्केट, गुन्द्री, चट्टाई, डोको, डालो) गरी १० वटा बस्तुले ठूलो रुपमा टेवा दिन्छ। आर्थिक मन्दी र व्यापारमा सहयोग गर्छ।’

प्रकाशित: १६ श्रावण २०८० १२:०४ मंगलबार

पूर्वअध्यक्ष भवानी राणा