अर्थ

ज्योति विकास बैंक १६ औं वर्षमा

ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सव मनाएको छ। बैंकले वार्षिकोत्सवको दिन नक्खुमा आफ्नो १ सय २१ औं शाखाको औपचारिक उद्घाटन गरेको छ। अध्यक्ष हरिचन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको उद्घाटन गरेका छन्।

वार्षिकोत्सवका अवसरमा बैंकमा १० वर्ष तथा १५ वर्षदेखि कार्यरत कर्मचारीहरूलाई सम्मान गरेको छ। बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा ‘१५ रूपैयाँमा १५ महिनासम्म १५ सुविधा’ योजना सार्वजनिक गरेको छ।

वार्षिकोत्सवका अवसरमा साउन १४ सम्म बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकलाई १ सय ५० रूपैयाँ बोनस र खल्ती एपसँग पहिलो पटक बैंकको खाता लिंक गर्ने ग्राहकलाई सय रूपैयाँ बोनस प्राप्त हुने व्यवस्था मिलाएको छ।

यसै अवसरमा बैंकले रक्तदान र सरसफाइ सम्बन्धी कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गरेको जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८० ०१:५४ बिहीबार

ज्योति विकास बैंक १५ औं वार्षिकोत्सव