अर्थ

‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर-२०८०’ छात्रावृत्ति

रिद्धिसिद्धि सिमेन्टले ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर-२०८०’ छात्रावृत्ति कार्यक्रम ल्याएको छ। कम्पनीले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी छात्रावृत्ति ल्याएको हो। कम्पनीका अनुसार २०८० सालको एसइई परीक्षामा ३.६ जिपिए देखि ४ जिपिए ल्याउने मकवानपुर जिल्लाभरिका सबै विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि योग्य मानिनेछ।

छात्रवृत्तिमा पहिलो हुने विद्यार्थीलाई कम्पनीले मासिक ५ हजार रूपैयाँ, दोस्रो हुनेलाई ३५ सय रूपैयाँ, तेस्रो हुनेलाई २५ सय रूपैयाँ र सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक १५ सय रूपैयाँ एक वर्षसम्म उपलब्ध गराउने जनाएको छ।

छात्रवृत्ति योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाइट वा फेसबुक पेजमा गई उल्लेखित क्युआर कोडमा स्क्यान गरी फारम भर्न सक्ने तथा फारम बुझाउने अन्तिम मिति साउन २१ गतेसम्म भएको कम्पनीले बताएको छ।

प्रकाशित: ११ श्रावण २०८० ०१:४७ बिहीबार

रिद्धिसिद्धि सिमेन्ट ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर-२०८०’ छात्रावृत्ति