अर्थ

आइजिआई इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पताल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जिव जोशी र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि उक्त इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई माया मेट्रो अस्पतालका एक्सरे, युएसजी, इको लगायतका सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ। साथै प्रुडेन्सियल इन्स्योरेन्समा मेट्रो अस्पतालसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सहज रूपमा प्राप्त गर्नेछन्।

प्रकाशित: ८ श्रावण २०८० ०४:२६ सोमबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स धनगढीको माया मेट्रो अस्पताल