अर्थ

सौरभ ज्योतिको ‘छ जी’ बोलको गीत सार्वजनिक

ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योतिले ‘छ जी’ बोलको गीत सार्वजनिक गरेका छन्। उनले उक्त गीत नेवारी भाषा र प्रेमलाई समर्पित गरेर गाएका बताएका छन्।

उनले ‘छ जी’को मनोमहक धुनले नेवारी भाषाको सांसकृतिक सम्पदालाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहनालाई व्यक्त गरेका छन्।

ज्योतिले उक्त गीत एक वर्ष तयारी गरेर दर्शकमाझ प्रस्तुत गरेको उल्लेख गर्दै राम्रो प्रतिक्रिया पाउने आश राखेको बताएका छन्।

प्रकाशित: ८ श्रावण २०८० ०४:२० सोमबार

‘छ जी’ बोलको गीत सार्वजनिक ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योति