अर्थ

सुनकोसी मरिण डाइभर्सन आयोजनामा आठ अर्ब ८६ करोड खर्च

सुनकोसीको पानी सुरुङ मार्फत मरिण नदीमा पथान्तरण गर्न सुनकोसीमा ड्याम बनाउने तयारी हुदै। तस्विरः अनिल भण्डारी, नागरिक

सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७-०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो।  

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यले तिब्रता लिएसँगै आयोजनाको वित्तिय प्रगति बढेको हो। गत असोज २८ गते टनेल बोरिङ मेसिनबाट सरु भएको सुरुङ निर्माण कार्य साउन आइतबारसम्म ५६ दशमलब ८६ प्रतिशत सम्पन्न भइसकेको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए। बरालका अनुसार १३ दशमलब ३ किलोमिटर सुरुङ मध्ये हालसम्म ७ दशमलब ५७१ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। चुरे क्षेत्रमा निर्माण हुँदा जोखिम बढी रहेपनि चुरे क्षेत्र पार भई मेसिन अगाडी बढिसकेकाले जोखिम कम रहेको आयोजनाले जनाएको छ।

गत असोज २८ गतेबाट टनेल बोरिङ मेसीनबाट सुरुङ निर्माण गर्न थालिएको थियो। नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ। सुनकोसी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुङग्रीबाट सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण थालिएको हो। 

कमलामाई नगरपालिका २ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण गरि सुनकोसी गाँउपालिकाको कानढुङग्री भन्ने स्थानबाट सुनकोसीको पानी मरिणमा पुर्याइने आयोजना प्रमुख बरालले जानकारी दिए। हामीले सुरुङ मात्रै नभएर ड्याम बनाउने कार्य समेत अगाडी बढाएका छौ। बरालका अनुसार सिन्धुलीको खुर्कोटबाट करिब २ किलोमिटर काठमाण्डौ तर्फ करिब ३० मिटर अग्लो १ सय ५८ मिटर लम्बाईको बाध बनाउने कार्य समेत अगाडी बढीसकेको छ । टनेल निर्माणकोे जिम्मा पाएको चाइना ओभरसिज इन्जिनियरीङ कम्पनी(कोभेक)ले एक महिनामा टिविए मेसीनमार्फत पाँच सय मिटर सुरुङ निर्माण गर्न सकिने गरि लक्ष्य राखेको भएपनि हाल लक्ष्यभन्दा बढी सुरुङ निर्माणको काम भएको आयोजनाले जनाएको छ । सुरुङ निर्माणका लागि मात्रै कोभेकले ११ अर्ब रुपैयामा ठेक्का पाएको थियो।

टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहनेगरि ६–६ को डायमिटर निर्माण गरि सुकोसीको पानी मरिण हुदै तराईका विभिन्न जिल्लामा सिचाई सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले जानकारी दिए। सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोसी नदीको पानीलाई बाध बाधी १३ दशमलब ३ किमि लामो सुरुङ मार्फत मरिण नदीमा पानी पथान्तरण गर्ने आयोजनाले जनाएको छ। आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ दशमलब ०७  जलविद्युत उत्पादन गरिने छ।

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ। आर्थिक बर्ष ०७७-०७८ बाट शुरु भएको आयोजना ०८४-०८५ सम्ममा सम्पुर्ण कार्य सक्ने लक्ष्य रहेको छ । टिबिएमले आठ-आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख बरालले जानकारी दिए। 

पाँच बर्षभित्र आयोजना निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब १९ करोड कुल लागत रहने अनुमान गरिएको छ।  आयोजनाको निर्माण पश्चात मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका  एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने  प्रमुख उदेश्य रहेको छ भने मरिण नदीमा सुनकोसीको पानी पथानान्तरण गरि ३१ दशमलब ०७ मेगावाट जलविद्युत उत्पादन गर्ने सहायक लक्ष्य नेपाल सरकारले राखेको छ। मधेश प्रदेशका जमिनलाई बाह्रै महिना सिचाई सुविधा दिन सुनकोसीको पानी सुरुङमाफर्त  मरिण खोला हुदै ४४ किलोमिटर बगेर बागमती नदिमा मिसाईनेछ।

प्रकाशित: ८ श्रावण २०८० ०४:१७ सोमबार

सुनकोसी मरिण डाइभर्सन आयोजना