अर्थ

सांग्रिला बैंकद्वारा ट्राफिक प्रहरी वृत्तलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालीगाँउको ट्राफिक प्रहरी वृत्तलाई सहयोग गरेको छ।

बैंकले उक्त ट्राफिक प्रहरी वृत्तलाई फ्लोरासेन्ट ज्याकेट हस्तान्तरण गरेको हो। त्यस क्षेत्रमा चल्ने सवारी साधनलाई व्यवस्थापन तथा चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले ट्राफिक प्रहरी वृत्तलाई फ्लोरासेन्ट ज्याकेट हस्तान्तरण गरेका थिए।

प्रकाशित: ४ श्रावण २०८० ०३:१५ बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंक संस्थागत सामाजिक उत्तरदायित्व