अर्थ

दुर्गम गाउँमा बेकरी बेचेरै मासिक ४५ हजार

आफ्नै बेकरी उद्योगमा काम गर्दै धादिङ सत्यदेवीका मरु लामा । तस्बिर : शंकर श्रेष्ठ

धादिङ – ‘दुर्गम गाउँमा पनि बेकरी आइटम !’ सहरिया सबैले यसै भन्छन् । तर उत्तरी धादिङको सत्यदेवीका मरु लामाले सहररियाहरुको आचार्यजनक बाक्यलाई गाउँमै बसेर चिरिदिएका छन् । 

आँट गरे काम गरेर पैसा कमाउनलाई भौगोलिक विकटताले पनि छेक्न सक्दैन भन्ने नौलो उदाहरण पेश गरेका छन लामाले । ४ वर्षअघि घरमै बेकरी उद्योग खोलेर विक्री गर्न थालेका थिए । उनले बनाएको बेकरीका परिकारहरु अहिले ओल्लोगाउँ पल्लोगाउँमा विक्री हुन्छ । उनी भन्छन् ‘गाउँमै बेकरी बेचेर अहिले मासिन ४५ हजारसम्म कमाएको छु ।’ 
    
‘बाहिरतिर काम गर्न धेरै डुले । जहाँ पुगेनी दुःख कम भएन । सानैदेखी दुःख गर्ने बानी पर्याे, अनि गाउँमा आएर बेकरी उद्योग खोले’ उनले सुनाए । बेकरीसंगै किराना पसल पनि छ। यही पसलको आम्दानीको कारण उनीको ५ जनाको परिवार राम्रोसंग चलेको छ। छोराछोरीलाइ शिक्षादिक्षा दिनदेखी घरखर्च चलाउन पुग्ने पैसा गाउँमै कमाएको उनले बताए। 

बाबुआमाको आर्थिक अवस्था कमजोर भएकाले राम्रोसंग पढ्न नपाएका उनले २ वर्ष कालीगण्डमी हाइड्रोपावरमा पनि काम गरे । त्यसपछि गाउँ फर्केर गाउँमै सानो किराना पसल थापे, पछि गाउँकै २ जना साथीहरुसंग सिकेको बेकरीका परिकारहरु बनाउने सीपलाई सदुपयोग गर्दै अहिले बेकरी उद्योग र किराना पसल संचालन गरिरहेका छन् ।

तामाङले भने, ‘हाइड्रोपावरमा काम छोडेपछि साथीहरु विदेश लागे, मलाइ विदेश जाने सोच आएन, अरुको अण्डरमा बसेर काम गर्दा साह्रै नै गाह्रो हुने भएपछि गाउँ फर्केर व्यापार व्यवसाय साथमा यो उद्योग संचालन गरको हुँ ।’ सत्येदेवी गाउँ विकास समितिको वडा नं ४ मा बेकरी उद्योग संचालन गरेका मरुलामा उद्योगमा उत्पादित सामानहरु बेच्न, दार्खा गाउँ विकास समितिको कुरी, बृचेत, र नुवाकोट जिल्लाको सीमानासम्म पुग्छन्।

गाउँका विद्यालयहरुमा उनले उत्पादन गरेका केक, दुनोट, पाउरोटी जस्ता परिकारहरु खाजाको रुपमा बिक्ने गरको छ । कतिपय विद्यालयहरुले त दैनिक रुपमा अर्डर नै दिएका हुन्छन । गाउँमै बसेर उद्योग संचालन गरेका तामाङले कामदार राखेर उत्पादन बढाउन खोजेपनि कामदार नपाएको बताए । तामाङले भने, ‘माग धेरै नै छ, आफु एक्लै छु, धेरै काम गर्न सकिन्न, माग भएपछि पुर्याउने हो भने मासिक २ लाख कमाइ हुन्छ, तर के गर्नु माग नै धान्न सकिएको छैन ।’ सुरुमा साढे २ लाख लगानीमा उद्योग सुरु गरेका मरु लामाले त्यही उद्योग संगै किराना पसल पनि चलाइरहेका छन । श्रीमतीले किराना पसलको काम हेर्छिन भने उनले बेकरी उद्योगको काम हेर्छन ।

उमेरले ३६ वर्षको भएका मरु लामा उनीजस्तै युवाहरु रोजगारीको लागि विदेश गइरहदा उनले भने बाहिरी जिल्लामा गरेको काम समेत छोडेर आइ गाउँमै उद्योग संचालन गरि नमुना बनेका छन । सदरमुकाम देखी १ दिनको पैदल दुरीमा रहेको सत्येदेवी गाउँ विकास समितिमा उनले संचालन गरेको बेकरी उद्योग नमुना नै बनेको छ ।

 

प्रकाशित: २९ जेष्ठ २०७४ १०:०७ सोमबार

दुर्गम गाउँमा बेकरी बेचेरै मासिक ४५