अर्थ

प्रभु महालक्ष्मी इन्स्योरेन्सको एकीकृत कारोबारको सुरु

 प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारको सुरु गरेको छ। नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलद्वारा स्थानान्तरित केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबार सुरु गरेका छन्।

गत वर्षको आसार ३० गते साविक प्रभु लाईफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच मर्जरको लागि सम्झौता भएको थियो। गत जेठ २६ गते साधारणसभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई मर्जर कार्य सम्पन्न भएको हो।

एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक पौडेलले कम्पनीले जनताको चाहना अनुसार नयाँ बिमा नीति ल्याएर स्वस्थ प्रतिस्पर्धा बीच कारोबार गर्ने आशा व्यक्त गरेका छन्।

प्रकाशित: ३१ असार २०८० ०३:४८ आइतबार

प्रभु महालक्ष्मी इन्स्योरेन्सको एकीकृत कारोबारको सुरु