अर्थ

भायानेटका सीइओ सम्मानित

 भायानेटका सीइओ सेवा पाठक बोहरा व्यावसायिक महिला – २०२३ बाट सम्मानित भएकी छन्।

स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड – २०२३ मा आयोजित समारोहमा उनलाई सम्मानित गरिएको हो।

बोहराले सन् २०११ मा नेपालमै पहिलो पटक फाइबर टु द होम प्रविधि सञ्चालनमा ल्याउने टोलीको अभिन्न अङ्गको रूपमा काम गरेका थिइन्। उनले घर–घरमा इन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भनेर सम्मान गरिएको हो।

पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आइएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउने जनाएको छ।

प्रकाशित: ३१ असार २०८० ०३:४१ आइतबार

भायानेटका सीइओ सम्मानित