अर्थ

नेपाल टेलिकमकोे समर अफर थप परिष्कृत

 नेपाल टेलिकमले समर अफर ल्याएको छ। शुक्रबार असार २९ देखि लागु हुने गरी कम्पनीले समर अफर ल्याएको हो। अफर सेवाग्राहीको रुचि र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका आएको कम्पनीले जनाएको छ।

 जसमा अल टाइम डाटा प्याक अन्तर्गत ५ सय रूपैयाँमा २८ दिनसम्म प्रयोग गर्न २० जीबी डाटा प्याक र ८ सयमा ३५ जीबी डाटा प्याक रहेको छ। यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुने भएको छ। 

साथै सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेलगायतका विभिन्न अफरहरू रहेका छन्। त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयुजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ।

प्रकाशित: ३१ असार २०८० ०३:३७ आइतबार

नेपाल टेलिकमकोे समर अफर थप परिष्कृत