अर्थ

जनकपुर–जयनगर रेल आज देखि महोत्तरीको भंगहासम्म संचालन हुने

जनकपुर-जयनगरसम्म संचालनमा रहेको रेल सेवा आजदेखि विस्तार हुँदैछ । आज भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा सम्म पुग्ने छ।

जनकपुरधाम देखि जयनगर सम्म ३४ किलो मिटरमा सेवा दिइरहेको रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्नभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला  जनकपुर आउने महाप्रबन्धक झाले जनाए।कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्ने छन्।

यसअघि जनकपुरधामदेखि कुर्थासम्म करिब ३५ किलोमिटर क्षेत्रफलमा रेल्वे सञ्चालनमा थियो। रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए। अब महोत्तरीको विजलपुरावाट विहान ७ः३० बजे रेल जयनगरका लागि खुल्नेछ। जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ। यसअघि न्यारोगेज रेल्वे विजलपुरासम्म सञ्चालनमा थियो।

प्रकाशित: ३१ असार २०८० ०२:४४ आइतबार

जनकपुर–जयनगर रेल आज देखि महोत्तरीको भंगहासम्म संचालन हुने