अर्थ

पर्यटक बढ्ने आशमा थपिंदै ठुला होटल

हालै स्तरोन्नति गरिएको बाराको सिमरास्थित पाँचतारे होटल इच्छा। तस्बिर सौजन्य: होटल इच्छा

कोभिड महामारी मत्थर भएसँगै मुलुकका तारे होटलहरू बिस्तारै खुल्न थालेका छन्। पछिल्लो दुई वर्षमा तीन वटा पाँच तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन र गतिविधि बढेसँगै दुई वर्षमा तीन वटा पाँच तारे होटल निमार्ण भएका हुन्।

पर्यटन विभागको तथ्याङ्क अनुसार हालसम्म १ सय ४८ वटा होटल सञ्चालनमा रहेका छन्। कुल १ सय ४८ वटा होटलमध्ये १८ वटा होटल पाँच तारे रहेका छन्। गत चैत महिनामा इच्छा होटलले पाँच तारे होटलको अनुमति पाएसँगै मुलुकमा पाँच तारे होटलको संख्या १८ पुगेको हो।

बाराको सिमरामा खुलेको इच्छा होटल चारबाट पाँच तारेमा स्तरोन्नति भएको हो। २ अर्ब ८० करोड कुल पुँजीमा निर्माण भएको उक्त होटल शक्तिकुमार गोल्याण समूह सञ्चालक तथा सेयरधनी रहेका छन्। होटलमा १ सय ५ जना कामदार, ८९ वटा कोठा र सय बेड क्षमता रहेको छ।

कोभिड महामारी मत्थर भएसँगै मुलुकका तारे होटलहरू बिस्तारै खुल्न थालेका छन्। पछिल्लो दुई वर्षमा तीन वटा पाँच तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन र गतिविधि बढेसँगै दुई वर्षमा तीन वटा पाँच तारे होटल निमार्ण भएका हुन्।

विभागको तथ्याङक अनुसार वि.सं. २०७८ सालमा २ वटा पाँच तारे होटलहरू निमार्ण भएका छन्। झापाको भगवान् चोकमा होटल द किङ्सबरी र काठमाडौंको ताचहलमा हायात प्लेस खुलेका थिए।

कोभिडपछि सबैभन्दा पहिले सञ्चालनमा आएको पाँच तारे होटल झापाको होटल द किङ्सबरी हो। प्रकाश गोतामे सञ्चालक र सेयरधनी रहेको किङ्सबरी २ अर्ब रूपैयाँ लागतमा सञ्चालनमा आएको हो। उक्त होटलमा १ सय ५० जना कामदारहरू रहेका छन्। सय वटा बेड रहेको होटलमा ८२ वटा कोठाहरू छन्।

यस्तै होटल द किङ्सबरी निर्माण भएलगतै ताहाचलस्थित हायात प्लेस खुलेको हो। २ अर्ब ८० करोड कुल पुँजीमा निमार्ण भएको होटल शक्तिकुमार गोल्याण समेत सञ्चालक तथा सेयरमा रहेका छन्। होटलमा १ सय ८३ जना कामदार, ३ सय ६ वेड र १ सय ५३ कोठा छन्।

कोभिड महामारीकै कारण २०७७ सालमा कुनै पनि पाँच तारे होटल खुल्न सकेन्। कोभिड भन्दा अगाडिको वर्ष २०७६ सालमा भने २ वटा तारे होटलहरू खुलेका थिए। नक्सालको होटल मेरियट र ठमेलको होटल अलफ्ट कोभिड महामारी सुरु हुनु अघिकै वर्ष सञ्चालनमा आएका हुन्।

कोभिडपछि सबैभन्दा पहिले सञ्चालनमा आएको पाँच तारे होटल झापाको होटल द किङ्सबरी हो। प्रकाश गोतामे सञ्चालक र सेयरधनी रहेको किङ्सबरी २ अर्ब रूपैयाँ लागतमा सञ्चालनमा आएको हो।

सञ्चालक र सेयरधनीमा सुमितकुमार अग्रवाल र किरण केसी रहेको होटल मेरियटको कुल पुँजी २ अर्ब ६६ करोड ६० लाख रहेको छ। विभागको तथ्याङक अनुसार होटल मेरियटमा ३ सय जना कामदार, ३ सय ४४ बेड र २ सय २५ वटा कोठहरू छन्।

यस्तै महेश्वर प्रकाश श्रेष्ठ सञ्चालक र सेयरधनी रहेको होटल अलफ्टको कुल पुँजी ५ अर्ब रूपैयाँ रहेको छ। यसमा १ सय ८० जना कामदार, २ सय १६ बेड र १ सय ६५ वटा कोठा रहेका छन्।

२०२९ सालमा सोल्टी होटल खुलेसँगै नेपालमा पाँच तारे होटलहरू सञ्चालन गर्न थालिएको हो। सोल्टी होटलदेखि इच्छा होटलसम्म आइपुग्दा पाँच तारे होटल सञ्चालनको इतिहास ५१ वर्ष पुगेको छ। यो ५१ वर्षमा १८ वटा पाँच तारे होटलहरू सञ्चालन भइरहेका छन्।

विभागको तथ्याङ्क अनुसार कोसी प्रदेशमा १, मधेश प्रदेशमा १, बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा २ र लुम्बिनीमा ३ वटा गरी जम्मा १८ वटा पाँच तारे होटलहरू हाल सञ्चालनमा रहेका छन्। कर्णाली प्रदेशमा भने हालसम्म पाँच तारे होटलहरू सञ्चालनमा आएका छैनन्।

कुल १८ वटा पाँच तारे होटल सञ्चालनमा रहँदा चार तारे होटलको संख्या ३३ पुगेको छ। विभागको तथ्याङ्क अनुसार हाल तीन तारे होटल ३७, दुई तारे ४७ र एक तारे होटल ४२ वटा सञ्चालन भइरहेका छन्।

पाँचतारे होटलहरूमा पनि एउटा डिल्क्स, तीनवटा डिलक्स हेरिटेज, दुईवटा लक्जरी हेरिटेज बुटिक र एउटा नर्मल हेरिटेज होटल सञ्चालनमा रहेको विभागले जनाएको छ।

मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका देखिन्छ।

पाँचतारे होटलहरूमा पनि एउटा डिल्क्स, तीनवटा डिलक्स हेरिटेज, दुईवटा लक्जरी हेरिटेज बुटिक र एउटा नर्मल हेरिटेज होटल सञ्चालनमा रहेको विभागले जनाएको छ।

पर्यटन विभागका अनुसार पछिल्लो ११ महिनामा १२ वटा नयाँ तारे होटल र ३ वटा नयाँ रिसोर्ट सञ्चालनमा आएका छन्। २०७९ वैशाखदेखि फागुनसम्ममा १५ वटा सुविधा सम्पन्न होटल दर्ता भएको जानकारी पर्यटन विभाग होटल शाखाका अधिकृत राधिका गिरीले दिइन्।

प्रकाशित: २९ असार २०८० ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App