अर्थ

कामना सेवामा आबद्ध सम्पूर्णलाई छुट

कामना सेवा विकास बैंक र दिमोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सम्झौता भएको छ। सम्झौता अन्तर्गत बैंकसँग आबद्ध सम्पूर्णले ज्ञानेश्वरस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २८ असार २०८० ०४:४० बिहीबार

कामना सेवा विकास बैंक