अर्थ

कामना सेवा विकास बैंक र व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

सम्झौता विभागले वित्तीय साक्षरता कार्यक्रमलगायत बैंकका विभिन्न कार्यक्रमहरूमा विद्यार्थी स्वयंसेवकहरू उपलब्ध गराउने भएका छन्। साथै, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीहरूलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्नेछ।

सम्झौतामा बैंकले पहिचान गरेका क्षेत्रहरूमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धान समेत गर्न सहमत भएको छ। यस्तै बैंकमा व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरूलाई इन्टर्नसिप गर्न सक्ने र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने भएको छ। 

प्रकाशित: २७ असार २०८० ०३:१९ बुधबार

कामना सेवा विकास बैंक त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग