अर्थ

द्रुतमार्गलाई १० अर्ब १४ करोड बजेट

काठमाडौँ – सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गका लागि १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७४ /०७५ को अनुमानित बजेट प्रस्तुत गर्दै काठमाडौँ –निजगढ द्रुतमार्गका लागि १० अर्ब १४ करोड बजेट विनियोजन गरिएको बताएका हुन् । 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले शील्यान्यास गरेको द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । 

प्रकाशित: १५ जेष्ठ २०७४ १२:१४ सोमबार

द्रुतमार्गलाई १० अर्ब १४ करोड बजेट