अर्थ

भायानेटले ल्यायो नवीकरण अफर

भायानेट कम्युनिकेसनले आफ्ना ग्राहकका लागि नवीकरण अफर ल्याएको छ।

नवीकरण अफरले भायानेटका ग्राहक सन्तुष्ट हुने उल्लेख गर्दै ग्राहकप्रतिको उत्तरदायित्व निर्वाहको लागि कम्पनीले उक्त अफर ल्याएको जनाएको छ। कम्पनीका अनुसार उक्त अफरमार्फत ग्राहकले निर्वाध उच्च गतिको इन्टरनेटको मजा लिनेछन्।

अफरमा भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरे ग्राहकले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असारसम्म मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ असार २०८० ०३:४८ आइतबार

भायानेट कम्युनिकेसन नवीकरण अफर