अर्थ

विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता सम्पन्न

बुढीगण्डकी हाईड्रोपावरद्वारा प्रवर्द्धन गर्न लागिएको सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ।

गोरखा जिल्ला धार्चे गाउपालिकामा निर्माण गर्न लागिएको यस आयोजनाको नेतृत्व एनआरएनए सचिव तथा व्यवसायी खगेन्द्र न्यौपाने, अष्ट्रेलियमा व्यवसाय गर्ने जोन घले, युकेमा व्यवसाय गर्ने ईन्द्र ढकालले गरेका छन्।

आयोजनाको वित्तीय व्यवस्थापन गरी निर्माण कार्य सुरू गर्ने तयारी रहेको उल्लेख गर्दै कम्पनीले निर्माण कार्य करिब ३ वर्षमै सक्ने लक्ष्य राखेको जानकारी सञ्चालक सदस्य सरोज धितालले गराएका छन्।

कम्पनीले साना आयोजनामा मात्र लगानी गरिरहेकोमा निकट भविष्यमा १५ मेघावाटभन्दा माथि ५०/१०० मेघावाटको आयोजना बनाउने गरी तयार गरिरहेको धितालले बताए।

प्रकाशित: २२ असार २०८० ०३:२४ शुक्रबार

बुढीगण्डकी हाईड्रोपावर सुपर माछाखोला जलविद्युत् आयोजना ४.६ मेगावाट