अर्थ

वेदालयको ब्राण्ड एम्बासडरमा कलाकार गजुरेल

निर्माण सामग्री बिक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बासडर नियुक्त गरेको छ।

बाथरुम फिटिङ सामग्री जल, फोनिर्ट युपिभिसी, इनक्राफ्ट युपिभिसी, लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका आधुनिक तथा नयाँ निर्माण सामग्री र निर्माण पद्धतिलाई नेपालमा भित्र्याउँदै आएको कम्पनीले कलाकार गजुरेललाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो।

वेदालयले एउटै छातामनिबाट निर्माणसम्बन्धी सम्पूर्ण सामग्री र सेवा प्रदान गर्दै आएको छ। निर्माण सामग्रीहरूको व्यापारमा केन्द्रित हुँदै आएको वेदालयसँग निर्माण र निर्माणसँग सम्बन्धित उद्योग तथा कलकारखानासँग पनि प्रत्यक्ष र बृहत् पहुँच रहेको जनाएको छ।

उच्च गुणस्तर र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकतामा राखेको कम्पनीले आफ्नो दशकौं लामो अनुभवको उच्चतम प्रयोग गर्दै सम्पूर्ण निर्माण क्षेत्रकै सुधारको प्रयास गरिरहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताएका छन् ।

प्रकाशित: २१ असार २०८० ०६:०४ बिहीबार

निर्माण सामग्री बिक्रेता कम्पनी