अर्थ

सिट्रोन ईसीथ्री बजारमा

फ्रेन्च डिएनएको सिट्रोन ईसीथ्री इको-फ्रेन्ड्ली गाडी आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ बजारमा आएको छ। विद्युतीय गाडी भएकाले वातावरणीय स्वच्छतामा योगदान पुर्‍याउँदै आफ्नो कार्बन फुटप्रिन्ट घटाइ दिगो भविष्यतर्फ अगाडि बढ्न चाहनेका लागि ईसीथ्री बजारमा ल्याइएको दाबी कम्पनीले गरेको छ।

२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ई सी थ्रीले ५७ हर्सपावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएको छ। विद्युतीय पावर ट्रेनल ई सी थ्री अन्य विद्युतीय गाडीहरूभन्दा द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्ने तथा डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीको दाबी छ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी  सुविधाहरू सहितको ईसीथ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर-असिस्ट सिस्टम लगायतका विषेशता रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ईसीथ्रीको २ वटा भेरियन्टहरू बजारमा उपलब्ध हुने र लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख रूपैयाँ र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रूपैयाँ रहेको कम्पनीले बताएको छ। सिट्रोन ई सी थ्रीका दुवै भेरियन्टहरू एक लाखमा प्रि बकिङ गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ असार २०८० ०५:५४ बिहीबार

सिट्रोन ईसीथ्री बजारमा अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधा