अर्थ

एनआईसी एसिया बैंकका ग्राहकलाई छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्क्रिन हस्पिटल ‘लेट मि इन’को विभिन्न सेवामा छुट हुने सम्बन्धमा सम्झौता भएको छ। बैंकका ग्राहकले उक्त हस्पिटलको सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट हुने भएको छ।  

बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मा दोङसुले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।  

सम्झौता अनुसार बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त सुविधा दिन सक्नेछन्। डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने उद्देश्य राखी बैंकले सहकार्यलाई अगाडि बढाएको जनाएको छ ।

प्रकाशित: १९ असार २०८० ०५:५० मंगलबार

एनआईसी एसिया बैंकका ग्राहकलाई छुट