अर्थ

कामना बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

कामना सेवा विकास बैंकले विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका वडा ५ पाडाजुङ्गस्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो।

बैंकले विद्यालयमा अध्ययन गर्न आउने भूमिहीन, बाढीपीडित, सुकुम्वासी, दलित, जनजाति, आदिवासी समुदाय र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरूलाई पोशाक निःशुल्क वितरण गरेको छ।

बैंकको कोसी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुषालले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनाललाई ती पोशाक हस्तान्तरण गरेका छन् । साथै बैंकले आगामी दिनमासमेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १९ असार २०८० ०५:४४ मंगलबार

कामना बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण