अर्थ

प्रभु बैंक र वन्डर्स नेपालबीच सम्झौता

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसर सिर्जना हुने विश्वास बैंकले लिएको छ। प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुरूप बैंकले वन्डर्स नेपालको परिसरमा एटिएम, क्युआर कोड, पोस मेसिन लगायत विभिन्न बैंकिङ सेवा प्रदान गर्ने सहमति भएको छ। यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने विश्वास बैंकले छ।

प्रकाशित: १८ असार २०८० ०३:५० सोमबार

प्रभु बैंक लिमिटेड वन्डर्स नेपाल