अर्थ

स्ट्यान्डर्ड चार्टडको ‘डे केयर’ सेवा पुनःसञ्चालन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयका कर्मचारीहरूका बालबालिकाका लागि उक्त सेवा सञ्चालनमा ल्याएको हो।

उक्त डे केयरको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका सीइओ अनिर्वाण घोष दास्तिदारले संयुक्त रूपमा गरेका छन्। उक्त सुविधा बैंकले सन् २०१९ बाटै सुरु गरेको जनाउँदै कोभिडको कारण अस्थायी रूपमा बन्द गरिएको सुविधा पुनः सुचारु गरिएको जनाएको छ।

विशेषगरी व्यावसायिक रूपमा काम गर्ने ससाना बालबालिका भएका महिला कर्मचारीहरूका लागि बैंकमा सहयोगी र समावेशी वातावण सिर्जना गर्न डे केयर सुविधा ल्याइएको बैंकले जनाएको छ। यस सुविधाले कर्मचारीको समयको बचत र ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकाका लागि सही हेरचाह खोज्ने तनाव कम गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १३ असार २०८० ०२:४२ बुधबार

स्ट्यान्डर्ड चार्टर्ड बैंक कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा सञ्चालनमा