अर्थ

वाणिज्य बैंकको ६४ औं एक्सटेन्सन काउन्टर नक्सालमा

राष्ट्रिय वाणिज्य बैकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४ औं एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन्।

शाखा कार्यालय नक्सालअन्तर्गत रहने उक्त एक्सटेन्सन काउन्टरबाट नगद/चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोवाइल बैंकिङ सेवा, एटिएम सेवा लगायतका सेवा प्राप्त गर्न सकिने बताइएको छ।

प्रहरी महानिरीक्षक कुँवरले उक्त एक्सटेन्सन काउन्टरबाट प्रहरीहरूलाई बैंकिङ सेवा लिन थप सहज हुने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गर्दै बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए।

प्रकाशित: १३ असार २०८० ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App