अर्थ

सबै झिंगा धपाउनु पर्दैन!

व्यवसाय राम्रोसँग नचल्दा धेरैले भन्ने गर्छन्, झिंगा धपाएर बस्नु परेको छ। तर अब सबै, झिंगा धपाउनु पर्दैन। किनभने झिंगाको पनि व्यवसाय सुरु भएको छ। ‘ब्ल्याक सोल्जर फ्लाइ’ नामको झिंगा कुखुरा, माछा लगायतले निकै मन पराउने भएकाले दाना बनाउनका लागि उपयुक्त हुने राष्ट्रिय आविष्कार केन्द्रको भनाइ छ।

झिंगा पालेर कुखुरा, माछा र अन्य जनावरहरूको दाना बनाउन चाहनेलाई सूचना भन्दै केन्द्रका अध्यक्ष महावीर पुनले ट्विट गरेपछि सामाजिक सञ्जालमा झिंगाको चर्चा छ। ‘अहिले राष्ट्रिय आविष्कार केन्द्रमा सो झिंगाको बिउ तयार छ र कसैलाई चाहिन्छ भने निःशुल्क उपलब्ध हुन्छ,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘झिंगा पाल्ने तरिका पनि सिकाइन्छ, यो फोहोरी झिंगा होइन।’

व्यवसाय राम्रोसँग नचल्दा धेरैले भन्ने गर्छन्, झिंगा धपाएर बस्नु परेको छ। तर अब सबै, झिंगा धपाउनु पर्दैन। किनभने झिंगाको पनि व्यवसाय सुरु भएको छ। ‘ब्ल्याक सोल्जर फ्लाइ’ नामको झिंगा कुखुरा, माछा लगायतले निकै मन पराउने भएकाले दाना बनाउनका लागि उपयुक्त हुने राष्ट्रिय आविष्कार केन्द्रको भनाइ छ।

‘ब्ल्याक सोल्जर फ्लाइ’ भनिने सो झिंगा विकसित मुलुकहरूमा व्यावसायिक रूपमा पालेर विदेशीहरूले करोडौं डलर आर्जन गरिरहेको पुन बताउँछन्। ‘कुखुरा र माछाले एकदम मन पराउँछ र पौष्टिक पनि हुन्छ,’ उनी लेख्छन्, ‘यसलाई पालेर दाना खुवाउने हो भने कुखुरा पालकहरूले कम्तीमा २५ प्रतिशत बढी नाफा गर्न सक्छन् किनभने झिंगा पाल्ने खर्च एकदमै कम छ। बुद्धि र जाँगर हुनेहरूले पालन सक्नुहुन्छ।’

यो झिंगा पाल्ने अनुसन्धान आजभन्दा ३ वर्षअघि रामपुर चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले गरेको थियो। राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोग गरेको यो अनुसन्धान अहिले निकै सफल भएको पुनले बताएका छन्।

आविष्कार केन्द्रका कर्मचारी अमबहादुर रोकाले आविष्कार केन्द्रबाट केहीले झिंगाको विउँ लिएर गएको बताए। आफूहरूले सकभर ‘प्रि प्युपा’ अवस्थाको पठाउने गरेको र त्यो नभएमा लार्भा नै पठाउने गरेको रोकाले बताए। भिंगाको जीवनचक्र करिब ४५ दिनको हुने र लार्भा अवस्थामा उसले धेरै खाने रोकाले बताए।

‘प्युपा हुर्काएर भिंगा बनाउँदै त्यसबाट फेरि अण्डा उत्पदान गराएर लार्भाको अवस्थामा ल्याइन्छ,’ उनले भने, ‘यो जीवनचक्रमै हामीले चहिने कुरा उत्पदान गर्न सक्छौं। झिंगाको अण्डालाई उचित तापक्रममा लार्भा बन्न दिइन्छ। लार्भाको चरणमा हामीले उत्पदान लिने गर्छौै।’ अण्डा उत्पादन भएको ४ दिनको अवधिमा लार्भा निस्कने र लार्भाको अवधि १० देखि १५ दिनसम्मको हुने उनले सुनाए। ‘लार्भा प्युपा बन्नुअघि यसको साइज हेरेर दाना अथवा अन्य चिजको प्रयोगमा ल्यान्छ,’ उनले भने, ‘त्योबाहेक लार्भा अवस्थामा यसले धेरै खाने धेरै त्याग गर्ने भएकाले बहुउपयोगमा ल्याउन सकिन्छ।’ यो झिंगाबाट ब्याक्टेरिया नफैलिने हुनाले यसबाट डराउनु नपर्ने उनले बताए।

यो झिंगा पाल्ने अनुसन्धान आजभन्दा ३ वर्षअघि रामपुर चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले गरेको थियो। राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोग गरेको यो अनुसन्धान अहिले निकै सफल भएको पुनले बताएका छन्।

महानगरमा फोहोर ठूलो समस्या रहेकाले यसको समाधानमा समेत यसले लाभ पुराउन सक्ने उनको विश्वास छ। ‘धेरैले भिंगाको मलले पनि खेती हुन्छ र भन्छन्,’ उनले भने, एउटाले मात्र सम्भव हुन्न, जब झिंगा लाखौंमा हु्न्छन् पक्कै पनि त्यसको उत्पादन पनि धेरै हुन्छ।’

झिंगाको व्यावसायिक खेती थालेका चितवनका किसान चन्द्रप्रसाद अधिकारी पनि यो बहुउपयोगी भएको बताउँछन्। यो नयाँखाले काम र पहिलोपटक नेपालमा सुरु भएको बताउँदै आफू आशावादी रहेको उनले बताए।

‘रामपुरका विद्यार्थीहरूको टिमले अनुसन्धानको क्रममा आफ्नो फार्ममा पनि ल्याएका कारण आकर्षित भए,’ उनले भने, ‘कुखुरालाई दाना र खेतमा मलको रूपमा ययसको उपयोगिता आउन सक्नेछ।’

महानगरमा फोहोर ठूलो समस्या रहेकाले यसको समाधानमा समेत यसले लाभ पुराउन सक्ने उनको विश्वास छ। ‘धेरैले भिंगाको मलले पनि खेती हुन्छ र भन्छन्,’ उनले भने, एउटाले मात्र सम्भव हुन्न, जब झिंगा लाखौंमा हु्न्छन् पक्कै पनि त्यसको उत्पादन पनि धेरै हुन्छ।’

अन्य मलको तुलनामा यसको मलमा नाइट्रोजनको मात्रा बढी हुने लार्भा माछा र कुखुराको लागि बढी उपयोगी हुने उनको बुझाइ छ।

प्रकाशित: १३ असार २०८० ०१:२१ बुधबार

झिंगाको व्यावसायिक खेती सबै झिंगा धपाउनु पर्दैन