अर्थ

समृद्धि फाइनान्सको मधुवन शाखा उद्घाटन

समृद्धि फाइनान्स कम्पनीको बाह्रौं शाखाका रूपमा शाखा कार्यालय मधुवन सुनसरीको उद्घाटन भएको छ। बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुदीप घिमिरेले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका छन्। मेयर कार्कीले सो भेगमा बैंकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा बैंकिङ कारोबार गर्न स्थानीय बासिन्दालाई अप्ठ्यारो परिरहेका बेला केही सहज अनुभूति गर्न सकिने बताए। स्थानीय नागरिकको आवश्यकता बमोजिम बैंकले आफ्ना सेवा परिमार्जन गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ।

प्रकाशित: १२ असार २०८० ०३:१६ मंगलबार

समृद्धि फाइनान्सको मधुवन शाखा उद्घाटन