अर्थ

ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत रूपन्देहीको शान्तिनगरस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ। कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको हो। बैंकका तर्फबाट बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखाका शाखा प्रबन्धक खगेन्द्र थापाद्वारा संयुक्त रूपमा उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनलाई उक्त धान रोप्ने मेसिन हस्तान्तरण गरेका छन्।

उक्त धान रोप्ने मेसिन प्रयोगमा आएसँगै उक्त विकास समितिमा आवद्ध करिब सयभन्दा बढी कृषक परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। साथै, मेसिनको प्रयोगबाट कृषकलाई धान खेतीमा प्रविधिको उच्चतम प्रयोग गरी कम लागतमा उत्पादकत्व बढाइ क्रस फार्मिङ प्रविधिहरू अभ्यास गर्न मदत मिल्ने अपेक्षा बैंकले लिएको छ। बैंकको यो सहयोगले कृषिमा निर्भर समुदायको सशक्तिकरण र दिगो तथा आधुनिक कृषि खेती प्रविधिको प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ।

 

प्रकाशित: १२ असार २०८० ०२:५८ मंगलबार

ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान