अर्थ

बैङ्कको दुर्व्यवहारविरुद्ध इटहरी बजार बन्द

ऋणको ब्याज असुल गर्ने क्रममा बैङ्कका कर्मचारीले व्यापारीलाई दुर्व्यवहार गरेको विरोधमा सोमबार इटहरी बजार बन्द आह्वान गरिएको छ।

उद्योग वाणिज्य सङ्घको आह्वानमा गरिएको बजार बन्दले बिहानैदेखि विभिन्न खाले पसलहरू बन्द भएका छन्।

इटहरीको विराटनगर लाइनमा रहेको शुभ लक्ष्मी ज्वेलर्समा खटिएको ग्लोबल आइएमई बैङ्कको टोलीले आतङ्कित बनाएको आरोप लगाउँदै बजार बन्द गरिएको हो।

बैङ्कको आतङ्कविरुद्ध बिहान ८ बजे बजार परिक्रममा गरेर कोणसभा गरिएको थियो।

साथै, बजार बन्द आह्वान गर्न बिहानैदेखि माइकिङ् समेत गरिएको छ। माइकिङ क्रममा बैङ्कद्वारा अभद्र र अमानवीय व्यवहार गरिएकाले बजार बन्द गरेर विरोध गर्नुपरेको व्यापारीले बताएका छन्।

प्रकाशित: ११ असार २०८० ०५:३० सोमबार