हेटौडा-६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो। हेटौडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन्।
उमेरले लगभग ८० वर्ष टेके पनि तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर अझै पनि घटेको छैन। उनी अहिले पनि बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त छन्। खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेशाबाट कमाएको रकमले आफ्ना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गाजमिन जोड्न समेत सफल भएका छन्। इच्छाशक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका रूपमा तिमल्सिनालाई लिन सकिन्छ।
मकवानपुरको हेटाैडा उपमहानगरपालिका वडा नं. ६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ। अहिले कृष्णप्रसादको बिडो माहिला छोरा-बुहारीले थामेका छन्। ‘उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ, त्यसैले अहिले पनि सकेसम्म आफैं अग्रसर हुन्छु’, तिमल्सिना भन्छन्।
हेटौडा-६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो। हेटौडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन्।
पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले यही नाममा यसैको शाखा हेटौडा बजारमा खोलेको पनि २३ वर्ष भइसकेको उनी बताउँछन्। चुच्चेखोलाको व्यवसाय सुरु गरेको अहिले ४५ वर्ष भयो। जीवनको पूर्वाद्धमा दुःख-कष्ट र उकाली-ओरालीहरूसँग संघर्ष गर्दागर्दै अन्ततः तिमल्सिनाले खुवा व्यवसायको पहिचान बनाए।
चुच्चेखोला अहिले खुवा पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। पूर्व-पश्चिम राजमार्गको सप्तरीको बरमजियामा पाइने बाजेको पेडाजस्तै चर्चित छ चुच्चेखोलाको खुवा। जो कोही जतिबेला पनि चुच्चेखोला पुगियो भने हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरीकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ।
सुरुमा खुवाबारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो। दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ। खुवा पछिल्लो समय कोसेलीका रूपमा पनि लिने गरिन्छ। यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रूपमा पनि पुग्ने गरेको तिमल्सिना बताउँछन्। यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ।
गोरेटो बाटो रहेकाले उतिबेला हिंडडुल गर्नेहरूको चहलपहल खासै नभएकाले व्यापारको सुरुआती दिन सम्झिंदा तिमल्सिना भन्छन्, ‘त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो।’
सुरुमा खुवाबारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो। दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ।
आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेशाप्रतिको इमानदारीलाई पनि मर्न दिनु भएन भन्दै निरन्तर लागिरहे। मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उनले यही पेशालाई आफ्नो जीवनको उत्तरार्द्धसम्म पनि निरन्तरता दिइरहेका छन्। पहिला प्रतिकेजी १५ रुपैयाँसम्म खुवा बेचेको उनी सम्झिन्छन्। अहिले त खुवाको मूल्य प्रति केजी सात सय रुपैयाँ पुगेको छ।
पहिलापहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्छन्। खुवाका लागि भैंसीको दूध चाहिने भएकाले पछिल्लो समय भैंसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरू आकर्षित भएपछि खुवाका लागि भैंसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ।
छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उनी बताउँछन्। चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ। उनले पसलबाटै प्रति केजी सात सय रुपैयाँमा खुवा बेच्छन्। यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेको उनको भनाइ छ।
तिमल्सिनाको फरक पेशाले साँच्चै नै व्यावसायिक क्रान्ति छर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् तिमल्सिना। अहिले त हेटौडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसलहरू छन्।
छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उनी बताउँछन्।
तिमल्सिना मात्र होइन, यही पेशाबाट उनका छिमेकी श्यामकुमार मानन्धरले पनि आफूलाई खुवा व्यावसायीका रूपमा परिचित बनाएका छन्। २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आएका छन्। उनी पनि एक सफल खुवा व्यवसायीका रूपमा परिचित छन्। मानन्धरले सञ्चालन गरेको कृष्ण कन्हैया खुवा भण्डार पनि साढे दुई दशक पुग्न थाल्यो।
उनको भण्डारमा ग्राहकहरूको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ। २०५६ सालतिरबाट खुवा बनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउँदैनन्। दैनिक १५० लिटर दूध खपत गरेर २० किलोभन्दा बढी खुवा बनाउने गरेको मानन्धर बताउँछन्।
यस स्थानमा लहरै रहेका झण्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन्। स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा वीरगञ्ज, चितवन, जनकपुर काठमाडौंसम्म पुग्ने गरेको बताउँछन्। २०५६ सालबाट खुवा बेच्दै आएका मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी गर्दै आएको बताउँछन्।
खुवा सबैले देख्ने गरी बनाइन्छ, यसको मीठो बास्नाले गर्दा होला कान्ति लोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्दछन्।
चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो मानन्धरको पसलमा खुवा खाँदै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका-१० बस्ने औधेस चौधरीले बताए।
खुवा सबैले देख्ने गरी बनाइन्छ, यसको मीठो बास्नाले गर्दा होला कान्ति लोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्दछन्।
चौधरीले आफू तराईको बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए। यस पेशाबाट आफूले घरव्यवहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताए।
उनको २४ वर्षदेखिको पेशाप्रतिको मेहनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीको रूपमा गनिन्छन्। मानन्धरसँगै रहेको लक्ष्मीनारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवा व्यवसायबाटै चर्चामा छन्। सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो। यही पेशाबाट सोमनाथले पनि आफ्नो परिवार धान्दै आयआर्जन गरिरहेका छन्।
चौधरीले आफू तराईको बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए। यस पेशाबाट आफूले घरव्यवहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताए।
उनको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रुपैयाँ बच्ने गरेको बताउँछन्। सोमनाथको पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ। बसमार्फत पोखरामा दैनिक खुवा पठाउने गरिन्छ। हेटौडा बाहिरका मिठाई व्यवसायी र होटलहरूले चुच्चेखोलाको खुवा लैलाने गर्दछन्।
अहिले भैंसी पाल्ने कृषकहरू घटेका छन्। भैंसीको दूध पाउन मुस्किल छ। पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम बढ्दै आएपछि खुवा व्यवसायीहरूले चनाखो हुन बाध्य हुनुपरेको छ। भैंसीले गाईको तुलनामा कम दूध दिने भएकाले पनि कृषकहरूले भैंसी पाल्न छाडेको खुवा व्यवसायीहरू बताउँछन्।
एउटा भैंसीको लगभग लाख रुपैयाँसम्म पर्दछ। किसानले यति ठूलो खर्च गर्न सक्दैनन्। त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण लिएर त्यसबाट भैंसी किन्न उत्प्रेरित गर्ने अनि भैंसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्नेले गर्दा खुवा पसलहरू पनि टिकिरहेको देख्न सकिन्छ। दूध खुवा पसलले प्रतिलिटर ९० रुपैयाँमा भैंसीको किन्ने गर्छन्।
पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ। यो पेशामा आकर्षित हुनेहरूको संख्या पनि बढिरहेको छ। हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले केही खुवा व्यवसायीका लागि उपमहानगरले खुवा घोट्ने मेसिन अनुदान दिएको बताइन्। खुवा घोट्न हात चलाइरहनुपर्ने भएकाले सहजताका लागि उपमहानगरले पछिल्लो प्रविधिको मेसिन दिएको उनले बताइन्।
पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ। यो पेशामा आकर्षित हुनेहरूको संख्या पनि बढिरहेको छ।
उनका अनुसार यो व्यवसायीलाई थप अनुदान कसरी के प्रक्रियाले दिन सकिन्छ कार्यपालिकाको बैठकबाट निर्णय गरी वार्षिक योजनामा लगेर अनुदान दिन आफूहरू लागिपर्ने बताए।
उपमहानगरले चुच्चेखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरूलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: ८ असार २०८० ०७:५० शुक्रबार