अर्थ

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

फाइल तस्वीर

सानिमा बैंक र पाटन अस्पताल बीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

पाटन अस्पतालका निर्देशक रवि शाक्य र बैकका निक्षेप प्रमुख हेमराज सञ्ज्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएकोमा संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको जनाएको छ।

उक्त सम्झौतानुसार बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ। सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: ६ असार २०८० ०३:२० बुधबार

सानिमा बैंक पाटन अस्पताल विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग