अर्थ

टाटाद्वारा विद्युतीय गाडी किन्ने ग्राहकलाई सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी किन्न चाहनु हुने ग्राहकलाई छिटो, सरल र सहज गाडी फाइनान्सिङ गर्ने सुविधा ल्याएको छ।  

कम्पनीले नेक्सन ईभी र टिगोर ईभी गाडी किन्न चाहने ग्राहकलाई तीन दिन भित्रै ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न सकिने सुविधा ल्याएको जनाएको छ।

उक्त फाइनान्सिङ नेपालभरि फैलिएका विभिन्न ‘क’ वर्गका बैंकद्वारा १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुने कम्पनीले बताएको छ। यस सुविधाको लागि कम्पनीले मुलुकभरि फैलिएका एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, र प्रभु बैंकका शाखासञ्जालबाट उपलब्ध हुने जनाएको छ।

प्रकाशित: ६ असार २०८० ०३:०६ बुधबार

टाटा मोटर्स आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ