अर्थ

माल्टको स्वादमा बि फिज बजारमा

पार्ले एग्रोले आफ्नो नयाँ पेय बि फिज बजारमा ल्याएको छ। स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायक माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

उक्त पेय जुन सुकै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले लिएको छ। बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिंक भएको र कम्पनीले यसबाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति ल्याउने दाबी गरेको छ। उक्त पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमान्चक स्वादमा प्रस्तुत भएको जनाएको छ।

पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहानले कम्पनीले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गरेको उनले बताए। बि फिजको मूल्य ३० रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १ असार २०८० ०२:५६ शुक्रबार

पार्ले एग्रो बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिंक