अर्थ

‘बाध बाँध्नु पर्ने नदीजन्य पदार्थ आफू खुसी बिक्री’

निजगढ नगरपालिकाको पुरानो निजगढ तर्फका लालबकैया खोलाका बाध बाँध्ने नाममा बिक्री गर्नको लागि स्काभेटरबाट उत्खनन गरिँदै नदीजन्य पदार्थ।

 निजगढ नगरपालिकाले बाध बाँध्नको लागि जिल्ला बिपद व्यवस्थापन समितिबाट निर्णय गराएर उत्खनन गराइ रहेको  लालबकैया खोलाको  नदी जन्य पदार्थलाई बिक्री वितरण गरि रहेको छ।

लालबकैया खोलामा रहेको नदीजन्य पदार्थबाट बाध बाँध्न नाममा कमिशनको लोभमा निजगढ नगरपालिकाले बाध नबाँधी ठेकेदार र क्रसर व्यवसायीहरुलाई नदीजन्य पदार्थ बिक्री वितरण गरेको हो।

नदीजन्य पदार्थलाई आफू खुसी उत्खनन गरेर बिक्री वितरण गर्दा एका तिर करोडौँ राजस्व रकम हिनामिना हुने अवस्थामा पुगेका छ भने अर्को तर्फ मापदण्ड विपरीत लालबकैया खोला उत्खनन गरिएको छ।

बाध बाँध्ने नाममा उत्खनन गरिएको नदीजन्य पदार्थलाई लालबकैया खोलाबाट निकालेर ठेकेदार र क्रसर व्यवसायीहरूले आफू खुसी भण्डारण समेत गरि रहेको छन्।

लालबकैया खोलाबाट बढी भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्नको लागि निजगढ क्षेत्रमा मात्रै आधा दर्जन स्काभेटरहरु प्रयोग गरिएको छ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नागेन्द्र साहले निजगढ नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का नलगाएकोले जिल्ला बिपद व्यवस्थापन समितिको निर्णयबाट बाध बाँध्नको लागि नदीजन्य पदार्थ उत्खनन गर्न गर्न दिन  निर्णय भएको बताएका छन्।

बाध बाँध्न नाममा निजगढ नगरपालिकाले  उत्खनन गराएको नदीजन्य पदार्थलाई बिक्री वितरण गर्नु कार्यको जवाफ देही निजगढ नगरपालिका स्वयं रहेको साहले बताए।

निजगढ नगरपालिका प्रमुख सुरथ पुरीले बाध बाँध्न भन्दा बढी भएको नदीजन्य पदार्थलाई फास्ट ट्रयकको ठेकेदार र क्रसर व्यवसायीहरुलाई बिक्री वितरण गरिएको बताएका छन्।

पुरानो निजगढ तर्फ रहेको लालबकैया खोलामा नदीजन्य पदार्थ थुपारिएकोले त्यसबाट बस्तीमा बाढी पस्ने भएकोले बिपत व्यवस्थापन समितिको निर्णय अनुसार ठेकेदार र क्रसर व्यवसायीहरुलाई स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकाल्न दिएको उनले बताए।

नगरपालिकाले एक सिएफटी नदीजन्य पदार्थबाट भ्याट बाहेक चार रुपैया ५० पैसा राजस्व उठाउने गरेको पुरीले बताए।

ठेकेदार र क्रसर व्यवसायीहरूले कति परिमाणमा नदी जन्य पदार्थ लगेको त्यसको विवरण नगरपालिकासँग नरहेको उनले बताए।

निजगढ नगरपालिका प्रमुख पुरीले बाध बाँधिएको भन्दा बढी भएको नदीजन्य पदार्थलाई मात्रै बिक्री वितरण गरिएको दाबी गरे पनि उत्खनन गरिएको स्थानमा नदीजन्य पदार्थबाट बाधीएको बाधको डाम देखिएन्।

बाध बाधनुको डाम बनाउनुको साट्टो पोखरी जस्तै खनिएरको दृष्याहरु मात्रै लालबकैया खोलामा देखिएको छ।ठेक्का नै नलागेको निजगढ नगरपालिका क्षेत्रमा पर्ने लालबकैया खोलामा बाध बाँध्ने नाममा पुरानो निजगढ तर्फ एउटै स्थानमा आधा दर्जन स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खननको काम सुरु गरिएको छ भने लालबकैया पुल भन्दा दक्षिण तर्फ सयौ टेक्टरमा मानिसलाई प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरिँदै छ।

खोलाबाट स्काभेटर प्रयोग गरिएर उत्खनन गरिएको नदीजन्य पदार्थलाई ठेकेदारले भण्डारण गरि रहेको छ भने मानिस प्रयोग गरेर उत्खनन गरिएको नदीजन्य पदार्थलाई क्रसरहरूमा भण्डारण गरिएको  छ।

 स्काभेटर र  मानिसलाई प्रयोग गरेर उत्खनन गरिँदै आएको नदीजन्य पदार्थ कति मात्रामा उत्खनन गरियो र त्यसबाट कति  राजस्व रकम उठ्यो त्यसको लेखाजोखा राख्न काम समेत  निजगढ नगरपालिकाले गरेको छैन्।

एक टेक्टरमा सय सिएफटी र टिपरमा चार सय २५ सिएफटी नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ।

 स्काभेटले नदीजन्य पदार्थ उत्खनन गरेर टिपरमा लोड गरिँदै आएको स्थानमा भेटिएका फास्ट ट्रयकको चिनियाँ ठेकेदारको प्रतिनिधि गणेश मैनालीले फास्ट ट्रयकको लागि ३५ हजार घन मिटर नदीजन्य पदार्थको आवश्यकता रहेकोले निजगढ नगरपालिकाकै सहमतिमा नदीजन्य पदार्थ उत्खनन गरिएको बताए।

दैनिक कति परिमाणमा नदीजन्य पदार्थ उत्खनन गरेर ढुवानी गरि रहनु भएको प्रश्नमा मैनालीले परिमाण भन्दा एक सय ५० टिपर जति ढुवानी गरिएको दाबी गरे।लालबकैया खोलाबाट स्थानीय तहका पदाधिकारी र स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा ठेकेदार र क्रसर व्यवसायीहरूले खोलाहरूबाट ढुगा, गिटी,बालुवा र ग्रेभल बढी मात्रामा उत्खनन गरि पोखरी नै निर्माण गरेको देखिन्छ।

निजगढ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आर्थिक लाभकै लागि लालबकैया खोलाबाट उत्खनन गरिएको नदीजन्य पदार्थको विवरण राख्न नलगाइएको खोलामा भेटिएका नरेश राईले आरोप लगाएका छन्।असार १ गते देखि खोलाबाट नदी जन्य पदार्थ उत्खनन गर्न नमिल्ने भए पछि ठेकेदार र क्रसर व्यवसायीहरूले अहिले रात दिन गरेर धेरै सवारी साधन प्रयोग गरि नदी उत्खनन गराउन थालेका निजगढका स्थानीयहरूले गुनासो गरेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८० १२:३६ बुधबार

‘ बाध बाँध्नु पर्ने नदीजन्य पदार्थ आफू खुसी बिक्री ’