अर्थ

सनराइज बैंकका ग्राहकलाई छुट

सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपाल बीच डिजिटल कारोबारलाई प्रवद्र्घन गर्न सनराइज बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

डिजिटल कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्य साथ ग्राहकलाई विभिन्न क्षेत्रमा छुट प्रदान गर्दै आएकोमा सोही क्रममा बैंकले केएफसी, पिज्जा हट/क्रिम बेलसँग सहकार्य गरी छुट दिने व्यवस्था गरेको हो।

सम्झौताअन्तर्गत बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘सनराइज स्र्माट प्लसबाट नेपाल पे क्युआर स्क्यान गरी देव्यानी इन्टरनेसनल नेपालद्वारा सञ्चालित केएफसी, पिज्जा हट/क्रिम बेलका देशैभरि रहेका आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्। उक्त योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८० ०२:२७ बुधबार

सनराइज बैंक देव्यानी इन्टरनेसनल नेपाल