अर्थ

ज्योति क्यापिटलको सञ्चालकमा उप्रेती

ज्योति क्यापिटलको सञ्चालक पदमा अविनाश उप्रेती नियुक्त भएका छन्। कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औं बैठकले उप्रेतीलाई सञ्चालकमा नियुक्त गरेको हो।

उप्रेती ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन्। स्नातकोत्तर तहको शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका उप्रेती २०८०/०२/२९ देखि लागु हुने गरी ज्योति क्यापिटलको सञ्चालकमा चयन भएका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८० ०२:०१ बुधबार

ज्योति क्यापिटल सञ्चालक पदमा अविनाश उप्रेती नियुक्त