अर्थ

बालाजी सिमेन्ट भारत निर्यात

आर्थिक मन्दीका कारण कपिलवस्तुमा आधा दर्जन सिमेन्ट उद्योग बन्द भएको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका – ६ धर्मनगर स्थित बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले उत्पादन गरको सिमेन्ट भारत तर्फ निकासी सुरु गरेको छ।

प्रालिले उत्पादन गरेको २ प्रकारका सिमेन्ट भारततर्फ सोमबारदेखि विधिवत रुपमा निकासी सुरु गरेको हो। यस अघि रुपन्देहीको अर्घाखाची र पाल्पा सिमेन्ट उद्योग तथा दाङको सिमेन्ट उद्योगले भारत तर्फ सिमेन्ट निकासी गर्दै आएको छ।

सरकारले सिमेन्ट छड लगायतका विभिन्न ३० बस्तुहरु निर्यात गरे ८ प्रतिशत अनुदान दिने प्रवाधान राखे पछि अहिले नेपाली सिमेन्ट उद्योगले भारत तर्फ निकासी गर्न सुरु गरेका हुन्।

बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादित बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्ट भारत तर्फ निर्यात थालिएको हो। भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स बिसिआई  प्रदान गरे संगै भारत निर्यात सुरु गरिएको उध्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए।

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात सुरु गरेको अग्रवालले बताए।

प्रकाशित: २९ जेष्ठ २०८० १३:३१ सोमबार

बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालि