नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्रा सुरु गरेको छ।
शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन्।
उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रूपमा मनाएर ग्राहकवर्ग माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको कम्पनीले जनाएको छ। यस फाइनान्स जात्रा अन्तर्गत उपत्यकाभित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिना सम्मको किस्तामा शून्य ब्याजदरको लाभ लिन सकिने कम्पनीले जनाएको छ। जात्रा काठमाडौं उपत्यकाभरिका १८ बजाज सोरूमहरूमा जेठ २८ देखि ३२ गतेसम्म ५ दिन चल्ने भएको छ।
प्रकाशित: २९ जेष्ठ २०८० ०४:३२ सोमबार