अर्थ

‘हुन्डाई फेस्टिभ’का विजेतालाई आई२० र क्रेटा कार

काठमाडौं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । तीनकुने स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष श्री गणेश बहादुर श्रेष्ठ तथा कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनालले पुरस्कार हस्तान्तरण गरे।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छूट र एक वर्षको निःशुल्क बीमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक–एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक–एक थान हुन्डाई इलाईट आई–२० र हुन्डाई क्रेटा जित्ने अवसर प्राप्त गरेका थिए।


‘अफर अन्तर्गत, कुपन नम्बर ११०१ का क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज नयाँ बजार, काठमाडौंले हुन्डाई इलाइट आई २० कार प्राप्त गरे। साथै कुपन नम्बर १७६८ का नेत्रबहादुर खड्का, धरानले हुन्डाई क्रेटा प्राप्त गरे।  ।
योजना २०७३ भाद्र १३ गते देखि २०७३ कात्तिक २२ गते सम्म लागू गरिएको थियो ।

प्रकाशित: २८ चैत्र २०७३ १३:४१ सोमबार

हुन्डाई फेस्टिभका विजेतालाई आई२० क्रेटा कार