अर्थ

शेयर बजारमा सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैनः मन्त्री महत

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानी कर्ताको नाम लिइ सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताएका छन्।

नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शेयर मार्केट सिमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रुपमा मात्रै सिमित बन्नु नहुने बताए। लगानीकर्ताहरु बैंकमा राख्दा बढी हुन्छ की शेयर बजारमा लगानी गर्दा बढी कमाइन्छ भन्ने हिसावले लगानी गर्ने गरेको भन्दै सिमित व्यक्तिलाई फाइदा हुनेगरी शेयर लगानी हुन नदिन उनले बोर्डलाई आग्रह गरे।

उनले शेयर बजारलाई अटोमेटेड सिस्टममा र पेपरलेस बनाएर हरेक क्रियाकलाप लैजाने गरी अघि बढ्न जरुरी रहेको पनि बताए। उनले शेयरमार्केटलाई अझ स्वस्थ र बिस्तारित गरेर लैजानुपर्ने आवश्यकता रहेको बताए। उनले शेयर मार्केट कमजोर गर्ने र विश्वास कम गर्नेकुरा सरकारबाट नहुने पनि स्पष्ट पारे।

उनले भने, ‘शेयर मार्केट सिमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रुपमा मात्रै सिमित बन्नु हुँदैन। यो आम लगानीकर्ताको बैंकमा राख्दा कति आउँछ, त्यहाँ राख्यो भने अलि फाइदा हुन्छ की भनेर आफूले मेहनत गरेर, जुन लगानी गरेका छन्, उनीहरुलाई प्रोटेक्ट गर्ने सबैभन्दा ठूलो जिम्मेवारी यसको हो। यसलाई अब प्रतिष्पर्धामा लैजानुपर्छ । प्रतिष्पर्धामा लैजान धितोपत्रले काम गरिरहेको छ। अटोमेटेड सिस्टममा र पेपरलेस हरेक क्रियाकलापलाई लैजाने गरी अघि बढ्नुपर्छ। यो शेयरमार्केटलाई अझ हेल्दी बिस्तारित गरेर लैजानुपर्छ, त्यसका लागि राष्ट्रबैंकले के गर्नुपर्छ, त्यसका लागि हामीले भनेका छौँ नै। मेरोतर्फबाट पनि कतै भ्रम सिर्जना गर्ने कोशिस नहोस्, शेयर मार्केट कमजोर गर्ने र विश्वास कम गर्नेकुरा हामीबाट हुँदैन। तर सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने र नाम ५६ लाखको लिने गरी काम गर्ने परम्पराको अन्त्य हुनुपर्छ।’

प्रकाशित: २५ जेष्ठ २०८० ०८:३३ बिहीबार

डा. प्रकाशशरण महत