अर्थ

मैदा उद्योग संघको अध्यक्षमा दुगड चयन

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन्। संघको २३ औं वार्षिक साधारणसभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।

यस्तै सभाले प्रथम उपाध्यक्ष दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरूण गोयन्का, तृतीय उपाध्यक्षमा विकास बेगवानी, महासचिवमा राधेश्याम अग्रवाल, सचिव आनन्द ओझा लगायत १७ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ।

सभाले मैदा सतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकाले सरकारले मैदालाई कृषि उद्योगमा राखेर सुविधा दिन पहल गर्ने, बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्ने, मैदा उद्योगको बिमा प्रिमियम परिमार्जन गर्नेलगायतका निर्णयहरू पारित गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०८० ०२:२५ बिहीबार

नेपाल मैदा उद्योग संघ अध्यक्षमा कुमुदकुमार दुगड चयन