अर्थ

सिमेन्टकाे भाउ नबढाउन उद्योगमन्त्रीको आग्रह

काठमाडौं– उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको अहिलेको समयमा सिमेन्टमा गरिएको मूल्य वृद्धिलाई पुर्नर्विचार गर्न नेपाल सिमेन्ट उत्पादन संघलाई आग्रह गरेका छन् ।

नेपाल सिमेन्ट उत्पादन संघले हालै सिमेन्टमा प्रति बोरा २० देखि २५ रुपैंयाँसम्म मूल्य बढाएको सार्वजनिक भएपछि उद्योग मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापालाई बिहीबार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

भेटमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको मूल्य वृद्धि भएका कारण मूल्य बढेको भन्दै उत्पादकहरुसँग छलफल गरी यसमा के कति पुनर्विचार गर्न सकिन्छ भन्ने विषयमा आगामी आइतबार उद्योग मन्त्रीसँग पुन छलफलमा बस्ने बताए ।

प्रकाशित: २४ चैत्र २०७३ ११:२८ बिहीबार

सिमेन्टकाे भाउ नबढाउन उद्योगमन्त्रीको आग्रह